भौतिक पुर्वाधार मात्र विकास भन्नु खेदजनक छ : सुमना श्रेष्ठ

२०८१ फागुन ११ गते आईतवार
सारांश
  • आइतवार संघीय ससद भवन परिसरमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले ताप्लेजुङमा निर्माण भएरहेको केबुलकारका विषयमा बोल्नु पर्ने बताएकी हुन् ।

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् सुमना श्रेष्ठले भौतिक पुर्वाधार मात्र विकास हो भन्ने भाष्य निर्माण गरिनु खेदजनक रहेको बताएकी छन् । 


आइतवार संघीय ससद भवन परिसरमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले ताप्लेजुङमा निर्माण भएरहेको केबुलकारका विषयमा बोल्नु पर्ने बताएकी हुन् । 


उनले भनिन्,‘ताप्लेजुङको विषयमा बोल्नुपर्ने छ । ताप्लेजुङबाट आएका भिडियोहरु भयावह छ । यदि विकास निर्माणको परिभाषा भौतिक पूर्वाधार मात्र हो भने भ्यू टावरहरुको निर्माणलाई विकास भनिए एकमत जनाउन सकिदैन् । भौतिक पुर्वाधार मात्र विकास हो भन्ने भाष्य निर्माण गरिएको छ । त्यो एकदम खेदजनक छ ।’


उनले लोकतन्त्रमा फरक मत राख्ने अधिकार हुने भन्दै राजनीतिककर्मीहरुले दमन गरेको र यो लोकतन्त्र नभएको पनि बताइन् ।


यस्तै राप्रपाका संसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीलाई घमण्ड नगर्न चेतावनी दिए । उनले कांगे्रस डरलवादी संगठन भएको आरोप पनि लगाए ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार